अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे

 असार ८, २०८० शुक्रबार ६:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनाेटबाट बाहिरिएकाे छ । लगातार तेस्राे हारसँगै अमेरिका एक खेलअघि नै प्रतियाेगिताबाट बाहिरिएकाे हाे । अमेरिकाको 'सुपर सिक्स' हुँदै विश्व कप खेल्ने सम्भावना सकिएकाे हाे ।

हिजाे बिहीवार भएकाे खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयाे । अमेरिकाले दिएकाे २ सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंहले २ विकेट लिए । 

यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेकाे अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायाे । अमेरिकाका शयन जहाङ्गिरले सर्वाधिक ७१ रन बनाए । यस्तै जेसी सिंहले ३८ र गजानन्द सिंहले ३३ रन बनाए । नेदरल्यान्ड्सका रायन क्लेइन र बास दि लिदेले २/२ विकेट लिए ।

समूह 'ए' मा वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेदरल्यान्ड्स तेस्राे र अमेरिका पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया