धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले बन्द गराएको ८औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ । शुक्रवार आजदेखि मेला सुरु भएको हो ।
शैक्षिक मेला आज भाेलि र पर्सि गरी तीन दिन सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।
मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताउनु भयो । उहाँले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आम रुपमा जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको छ । १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु यो मेलामा सहभागी हुनुहुन्छ । नेपालका शिक्षालयले प्रदान गर्ने गुणस्तरको बारेमा छलफल हुनेछ । नेपालमा नेपाली विद्यार्थीहरुलाई अड्याउन हामीले यो मेला आयोजना गरेका छौँ ।’
गएकाे जेठ ३२ गते सञ्चालन भएको मेला काठमाण्डाै महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो । आजदेखि मेला पुनः सुरु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।