आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान

 असार १३, २०८० बुधबार ७:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ ।

अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया