धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ ।
वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो ।
अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने विषयमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँगको छलफलपछि नारायणी अस्पतालमा सेवा शुरु गर्ने सहमति भएको हो ।
वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा मेयर सिंहले मिर्गौला प्रत्यारोपण सेवा शुरुगर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वीरगञ्जमा सेवा शुरु भएपछि पर्सासहित मधेस प्रदेशका बिरामीलाई उपचार सेवा सहज हुनेछ ।
नारायणी अस्पतालमा शल्यक्रिया कक्ष शुरु भएमा आवश्यक जनशक्तिलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालिम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टरसहितको समूहले मिर्गौलाको प्रत्यारोपण शुरुगर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले मिर्गौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मिर्गौला प्रत्यारोपण सेवा शुरु गराउन आफूहरूले तयारी गरेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।