राष्ट्रपति पाैडेल ११ दिनपछि डिस्चार्ज

 असार १३, २०८० बुधबार १७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उपचारका लागि गएकाे असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका पौडेल आज बुधवार डिस्चार्ज हुनुभएको हो । 

उपचारका क्रममा राष्ट्रपति पौडेलको छातीमा 'पेस मेकर' राखिएको छ । डाक्टरहरूले अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न डाक्टर, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै आफ्नाे स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्नेलाई धन्यवाद दिनुभएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया