धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । सरकारले विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
बिहीवारदेखि शुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत बाँड्ने काममा खटिने नाममा पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका काम रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले विपदमा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउनमात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विपद् रोकथामकाे काममा सरकारमात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ता गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’
गृह सचिव भट्टराईले विपद् रोकथामकाे काममा सरकार एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी उद्धार र राहत बाँड्ने काममा खटिन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले विपदबाट बच्न तीन चरणका तयारी गरेको पनि बताउनुभयो । विपद् व्यवस्थापनकाे कामका लागि सरकारका तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।