धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नाे फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले संसदमा सभामुखको मात्रै फाेटाे राखेकाेप्रति असन्तुष्टि जनाउनु भएकाे हाे।
केही समयअघि सिङ्गापुरको संसद्को भ्रमण गर्दा विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखेकाे देखेकाे बताउँदै उहाँले नेपालमा भने त्यस्तो हुन नसकेको बताउनु भयाे । उहाँले संसदमा उपभासमुखप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही समयअघि म सिङ्गापुर गएको थिएँ । डब्ल्युटीओको कन्फ्रेन्समा । त्यहाँ संसद् भ्रमण गर्ने माैका पाएकाे थिएँ । त्यहाँ पहिलाका सभामुखले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार राखिएकाे छ, अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै सभामुखकाे फोटो राखिएकाे छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्ताे लाग्छ । यो कुरा मनन गर्नुपर्छ।’
उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।