सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह, सर्पले टोकिहाले के गर्ने ?

 असार १६, २०८० शनिबार १९:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी तराई क्षेत्रमा विषालु सर्प देखिने भएकाले मन्त्रालयले सर्पदंशबाट जाेगिन आग्रह गरेकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले याे माैसममा सर्पकाे डर बढी नै हुने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुभएकाे छ । 

राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन, घर वरपरको घाँस झारपात काटेर सफा राख्न एवं जमिनका दुला टाल्न उहाँकाे आग्रह छ । 

यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउन, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्न, सधैँ झुल टाँगेर सुत्न मन्त्रालयकाे सुझाव छ । 

सर्पले टोकिहाले के गर्ने ?

मन्त्रालयका अनुसार सर्पले डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मलम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ।

यस्तै, धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया