भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएनन्

 असार १७, २०८० आइतबार ११:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएका छैनन् ।

असारको पहिलो हप्ता नै रोपाइँ गर्नुपर्नेमा भारतले नहरमा पानी नछाडिदिँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ ।

गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिँचाइका सूचना अधिकारी एवम् इन्जिनियर सुरेशप्रसाद साहले भारतीय पक्षले मर्मतको बहाना गरेर पानी नछाडेको बताउनुभयाे ।  

गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनु्पर्छ ।

अहिले भारतले जम्मा दुई सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।

गण्डक नहरको पानीले पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गामा सिँचाइ गर्ने योजना थियो तर हरेक वर्ष भारतले कुनै न कुनै बहाना गरेर पानी छाड्न आनाकानी गर्दै आएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोरञ्जनकुमार सिंहले नेपालतर्फ आफूहरुले मर्मतको सबै काम सके पनि भारतले भने अझै मर्मतको काम सकिएन भन्नु अचम्मको कुरा भएको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया