ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

 असार १७, २०८० आइतबार १९:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् ।

काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई २०६० सालमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ का वडासचिव थिए । कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।

प्रहरीले गएको मङ्गलवार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।

डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशपछि पक्राउ लगत्तै छुटेका थिए । झण्डै एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि चलिरहेको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया