काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
बाँके – एकसय २५ वर्षअघि स्थापित भेरी अञ्चल अस्पताल नेपालगञ्जको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । सहरी विकास मन्त्रालयको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
अस्पताललाई पाँचसय शैय्याको पु¥याउने गरी प्रक्रिया अघि बढेको बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा शहरी विकास मन्त्री मो. इस्तियाक राईनले जानकारी दिनुभयो । भेरी अञ्चल अस्पतालको सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो ।
यसै अनुरुप कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको मन्त्री राईनले जानकारी दिनुभयो ।
२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई स्राेत अपर्याप्त रहेको भन्दै सहमति प्रदान गर्न नसकिएको जनाएको छ । भेरी अञ्चल अस्पताल सुधारको प्रक्रिया चलिरहँदा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
भेरी अञ्चल अस्पतालको स्तर वृद्धि गर्दै ५ सय शैय्याको बनाउन पहल भइरहेको छ मन्त्री राईनले भन्नुभयो,– चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’
भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र बिरामीहरुका लागि इन्डोर भवन बनाउन १२ वर्षअघिदेखि पहल भैरहेको भए पनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा अहिले १ सय ५० शैय्या रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिनुभयो । बिरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएको अस्पतालका डक्टरहरुको भनाइ छ ।
मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले अहिले चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर ब्लकमा विरामीहरुका लागि इन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।