ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
काठमाण्डाै - ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको हो । निर्माणस्थलमा कालोपत्रे उप्काइएको छ ।
सडकबीचमा राखिएको डिभाइडर पनि हटाइएको छ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी काम अगाडि बढाउने विभागले जनाएको छ ।
महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको बताउनुभएको छ । अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि अरु काम भइरहेको उहाँको भनाइ छ । यो फ्लाइओभर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एम/एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको थियो ।
फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ लागतमा बनाउने तयारी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।