सल्यानमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गयो, एक जना घाइते

 असार २१, २०८० बिहिबार ११:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेकाे यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

करेन्ट लाग्दा रोल्पाको दलसिङ्गेका अन्दाजी ७० वर्षका कालुराम डाँगी र त्यही ठाउँका अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको ज्यान गएको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रतन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको उद्धार गरिएको छ ।

रा १ ख ८३४ नम्बरको बसमा सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो ।

बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । बसमा कतिजना थिए भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । उद्धारको काम भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया