एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन 'जीपीए' ?

 असार २१, २०८० बिहीबार १६:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार 'जीपीए' ल्याएका छन् । यस्तै ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् । ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । एसईईको नतिजा 'लेटर ग्रेडिङ' पद्धति २०७२ अनुसार नतिजा प्रकाशित भएको छ । एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये चार सय ३१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । त्यस्तै www.see.gov.np मा गएर नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई 'ए प्लस', ८० देखि ९० भन्दा कम ल्याउनेलाई 'ए', ७० देखि ८० भन्दा कम ल्याउनेलाई 'बी प्लस' ग्रेड प्रदान गरिन्छ । त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई 'बी', ५० देखि ६० भन्दा कम ल्याउनेलाई 'सी प्लस', ४० देखि ५० भन्दा कम ल्याउनेलाई 'सी', ३० देखि ४० भन्दा कम ल्याउनेलाई 'डी प्लस', २० देखि ३० ल्याउनेलाई 'डी' र २० भन्दा कम ल्याउनेलाई 'ई' ग्रेड प्रदान गरिन्छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Man thapa

    July 9, 2023, 10:42 a.m.

    jpa

  •  0 Reply
  • Amrita bal

    July 6, 2023, 9:20 p.m.

    Mathe e

  •  0 Reply
  • Manika gole

    July 6, 2023, 4:41 p.m.

    03606540B

  •  0 Reply
  • Manish Lama

    July 6, 2023, 4:16 p.m.

    SEE RESULT

  •  0 Reply
  • Pramisha oliya

    July 6, 2023, 4:07 p.m.

    04201969

  •  0 Reply

तपाईको प्रतिक्रिया