धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
दाङ – सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर घाइते भएका बसधनीको उपचारका क्रममा ज्यान गएको छ । आज बिहीवार दिउँसो पौने १ बजेतिर बसधनी सल्यानकाे छत्रेश्वरी गाउँपालिका–६ का ३५ वर्षीय महेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो ।
आज बिहान साढे १० बजेतिर राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक लत्रिएको बिजुलीकाे तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर रोल्पा गंगादेव गाउँपालिका–४ का ७० वर्षीय बालराम डाँगी र उहाँका छोरा ४० वर्षीय टोपीलालको घटनास्थलमै ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।