धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
ललितपुर – ललितपुर जिल्ला अदालतमा निजामती कर्मचारी र अधिवक्ताबीच भइरहेको विवाद समाधान भएको छ ।
यही असारको १३ गते अधिवक्ता अमिर लामिछानेले नायव सुब्बा प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कर्मचारीले आन्दोलन गरेका थिए । तर गलत आरोप लगाएर चरित्रहत्या गरिएको भन्दै अधिवक्ता पनि आन्दोलनमा थिए । आन्दोलन देशैभरका अदालत र कार्यालयमा फैलिन थालेपछि दुवै पक्षको तर्फबाट वार्ता समिति गठन भएकोमा आज बिहीवार सहमति भएको हो ।
सेवा लिनेदिने क्रममा भएको विवादलाई अन्त्य गरेर आ–आफ्नो क्षेत्रमा काम गर्ने भनेर तामाङ र लामिछानेसहित दुवै पक्षका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । घटनाको विषयलाई लिएर नेपाल बार एसाेसिएशन तथा निजामती कर्मचारीबाट भइरहेका विरोधका कार्यक्रमहरूलाई आजैदेखि स्थगित गरी सेवालाई सुरु गर्ने पनि सहमति भएको छ । दुवै पक्षले यस विषयलाई लिएर सार्वजनिकरूपमा सामाजिक सञ्जाललगायतका माध्यमबाट विषयान्तर हुने गरी टिप्पणी नगर्न पनि अनुरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।