काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन् ।
स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापनपत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आइतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रीसँग भेट गर्न नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका हुन् ।
३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले जानकारी दिनुभयो । उहाँले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।
अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आइतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन् ।
उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।