काठमाण्डाैमा मिटरब्याज पीडितकाे प्रदर्शन : एमाले, रास्वपा र राप्रपाले कानुन पारित हुन नदिएकाे आराेप

 असार २४, २०८० आइतबार १५:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । आइतवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितले प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गएकाे वैशाख २० गते ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानुन निष्क्रिय भएसँगै मिटरब्याज पीडितले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टी मिलेर मिटरब्याजविरुद्धकाे कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो । उहाँले संसदबाट मिटरब्याजविरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मिलेर कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो ।

तस्बिरहरू–

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया