एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बाेधन गर्न दिनुपर्छ : प्रमुख सचेतक यादव

 असार २४, २०८० आइतबार २०:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्नसमेत नदिएर संसदमा अवराेध गर्ने एमालेकाे कामले कसैलाई पनि फाइदा नपुग्ने उहाँको भनाइ थियो ।

आइतवार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसदमा अवराेध गरेर देश झनै सङ्कटमा फस्दै जाने अवस्था आएको जिकिरसमेत गर्नुभयो । उहाँले संसदमा अवराेध गरेर एमालेले सिङ्गो देशलाई नै घाटामा पार्ने काम गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र धराशायी भएको बेलामा यसरी संसदमा अवराेध गरेर देशले निकास पाउँदैन । झन् देश सङ्कटमा फस्दै जान्छ । त्यस कारण संसदमा अवराेध गरेर समस्याको समाधान हुँदैन । संसदमा बहस गरेर समस्या समाधान हुन्छ ।’

प्रमुख सचेतक यादवले प्रधानमन्त्रीले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने उल्लेख गर्नुभयाे । उहाँले संसदमा अवराेध गर्नका लागि नागरिकले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया