धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने तयारी भएको छ । यसअघि तोकिएको तीन महिनाको अवधिमा आयोगले काम नभ्याएपछि सरकारले फेरि अर्को तीन महिना म्याद थप्ने तयारी गरेको हो ।
सरकारले गएको वैशाख ४ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । अहिलेसम्म देशभरबाट झण्डै २४ हजार मिटरब्याज पीडितले उजुरी दिएका छन् । तीमध्ये एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् । मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने आयोगले जनाएको छ ।
यसैबीच मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितहरुले फेरि काठमाण्डौमा प्रदर्शन थालेका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पीडितहरुले सङ्गठित भएर काठमाण्डौमा धर्ना दिन थालेका हुन् । अहिले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिने सरकारले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।