अखाद्य सामग्री बिक्री गर्ने लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना

 असार २५, २०८० सोमबार ८:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्स पसललाई  एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

सात दिनभित्र एनआईसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जरिबानाबापतको रकम जम्मा गरी बैङ्क भौचरको दोस्रो प्रति महानगरपालिकामा पेस गर्न पनि निर्देशन दिइएको छ  । तोकिएको समयभित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाको वडा नं ६ बौद्धका गोकुलबहादुर बुढाथोकीलाई पनि ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ । सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि बुढाथोकीलाई जरिबाना तिराइएको हो।

पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा ठाउँमा जथाभाबी फोहर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको  छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया