ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सीआईबीको आग्रह

 असार २६, २०८० मंगलबार ७:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति निकालेर ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरिरहेको हुँदा यो प्रकरणलाई जोडेर अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।

कसुरको तथ्यगत विषयलाई मोडेर असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा आएका समाचार तथा सामग्रीमा गम्भीर ध्यानाकर्षण भएको सीआईबीले जनाएको छ । पछिल्लो पटक गएको आइतवार ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ परेका अन्य आरोपितलाई पनि म्याद थप्न आज अदालत लैजाने तयारी छ ।

राउतसहित सबैलाई आज पुनः म्याद थपका लागि अदालत उपस्थित गराइनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुलुकी ऐनको कीर्ते र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा अनुसार अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अरु ११ जना पनि पक्राउ परिसकेका छन्।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पारस कार्की

    July 11, 2023, 9:05 p.m.

    भ्रम छर्नेलाई सरकारले कारवाही गरे भैगो नि। साईवर क्राईम अन्तर्गत। के थाहा? भ्रम छर्दा कतै केहि सुराक पो भेटिन्छ कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया