विश्व जनसङ्ख्या दिवस : सहरी क्षेत्रमा चाप बढ्दै, लैङ्गिक विभेद र सामाजिक कुरीति कायमै

 असार २६, २०८० मंगलबार ८:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व जनसङ्ख्या दिवस, ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मनाइँदै छ ।

सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । अहिले विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ ।

नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ । स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा सुधार देखिए पनि सहरी तथा सुविधासम्पन्न ठाउँमा जनसङ्ख्याको चाप बढ्दो छ ।

लैङ्गिक विभेद र सामाजिक कुरीतिहरु कायमै रहेकाले यसको न्यूनीकरणका लागि थप कदम चाल्नुपर्ने देखिन्छ । अव्यवस्थित बसाइँसराइको प्रक्रिया रोक्न सरकारका काम प्रभावकारी हुन सकेको छैन ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया