हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प

 असार २८, २०८० बिहीबार १२:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हाे । 

यसअघि गएकाे असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली, पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प तथा परकम्प गइरहेकाे छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया