‘जेलमा टेकनाथ रिजाललाई राम्रो ओढ्ने ओछ्याउने भएन, सरकारले सुरक्षा प्रदान गरोस्’

 असार २८, २०८० बिहीबार १६:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानले जेलमा रहेका शरणार्थी नेता टेकनाथ रिजालको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेको छ ।

अभियानका संयोजक राम कार्कीले एक विज्ञप्ति निकालेर ७६ वर्षका रिजाललाई जेल प्रशासनले राम्रो ओढ्ने ओछ्याउनेसमेत उपलब्ध नगराएको भन्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गरिदिन आग्रह गर्नुभएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा संलग्न रहेको आरोपमा रिजाल काठमाण्डौको जेलमा छन् । भुटानमा १० वर्ष जेल जीवन बिताउँदा त्यहाँको सरकारले दिएको अमानवीय यातना तथा मधुमेह, उच्च रक्तचाप र बुढेसकालका समस्याका कारण जेलमा रिजालको विशेष ख्याल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल अभियानले रिजालको रिहाइको माग गर्दै रिहा नहुन्जेलसम्म विभिन्न काम गर्न सरकारसँग अनुरोध गरेको छ । रिजालले अदालती बयानमा नाम लिएका कुनै पनि बन्दीहरूबाट टाढा र चिसो नभएको कोठामा राख्नुपर्ने, अपरिचित आगन्तुकले भेट्नुअघि रिजालसँग परामर्श लिनुपर्ने र रिजाललाई न्यानो कोठामा पर्याप्त सुत्ने सामग्री उपलब्ध गराउन अभियानले माग गरेको छ । साथै रिजालको नाजुक स्वास्थ्य अवस्था र बुढेसकालका कारण देखिने समस्याका आधारमा स्वास्थ्य जाँच गराउन र जेलमा उचित सुरक्षा उपाय प्रदान गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

यस्तै भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानले टोपबहादुर रायमाझीका वकिलले रिजाललाई बारम्बार बयान फेर्न दबाब दिएको र इन्द्रजित राईबाट समेत असुरक्षा रहेको भन्दै चिन्ता जनाएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया