सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा, बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

 असार २९, २०८० शुक्रबार ७:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटरभन्दा धेरै पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै मौसमविद्का अनुसार सप्तरीकाे बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया