धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – कोशी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा भइरहेको छ । गए रातिदेखि नै यी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ । अहिले पनि यी प्रदेशका केही ठाउँमा यसै गरी पानी परिरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै समयमा अत्यधिक वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज पनि कोशी र मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद् झाले जानकारी दिनुभयो । मौसमविद्का अनुसार पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले यी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको हो ।
यस्तै बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान छ । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ । अत्यधिक वर्षा भएका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।