खाेलाले बगाएर दैलेखमा एक जनाकाे ज्यान गयाे

 असार २९, २०८० शुक्रबार ९:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालकाे शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । 

रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया