बैतडीमा हजुरबुबाकाे कुटाइबाट दुई वर्षीय नातिको ज्यान गयाे, ८ वर्षीय नाति घाइते

 असार २९, २०८० शुक्रबार १८:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी - बैतडीमा हजुरबुबाको कुटाइबाट नातिको ज्यान गएकाे छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको ज्यान गएकाे हाे । हजुरबुबाकै कुटाइबाट अर्का आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान ज्यान गएकाे हाे । यस्तै, रिजनकाे कैलालीको धनगढीमा रहेकाे नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेकाे छ । 

बिहीवार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुबा गणेशले दुवैजनालाई कुटपिट गरेका प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shankar Rai

    July 14, 2023, 7:58 p.m.

    त्यो हजुर वुवा भनाउदोलाई पनि फाँसी लगाइयोस l त्यो दुई वर्षे नावालकले के जानेको हुन्छ र ज्यानै लिनु पर्ने हँ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया