धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–२ दुगाडा पाटनमा चट्याङ लाग्दा ५० वटा भेडाबाख्रा मरेका छन् । अस्ति असार २८ गते दिउँसो परेको चट्याङले भेडाबाख्रा मरेका पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको तथा ७० वटा हराएका पातारासी गाउँपालिकाको भेटेनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा सबैभन्दा धेरै भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा क्षति हुने गरेको छ ।
राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सहयोग मागेको पीडित किसान कृष्ण ऐडी र मिमबहादुर बोहोराले बताउनुभएको छ । पालिकाबाट सक्दो सहयोग गर्ने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।