चितवनकाे भरतपुरबाट चीनमा घाँस निर्यात शुरु, दैनिक २० कन्टेनर पठाइने

 असार ३०, २०८० शनिबार १६:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसकाे उद्योग स्थापना गरिएकाे छ । 

याे कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । याे सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । त्यहाँ पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ । 

यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिनुभयो । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटैसहितको मकै खरिद गर्दै आएको छ ।  पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उहाँका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । अहिले तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ । 

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको याे क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताउनुभयो । सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • सौरभ श्रेष्ठ

    July 17, 2023, 7:36 a.m.

    खुशिकाे खबर । यस्तै खबर अरू पनि सुन्न पनईयाेस ।

  •  0 Reply
  • बिष्णु प्रसाद पाठक

    July 16, 2023, 12:06 p.m.

    यो खुशिको खबर हो । अब नेपाल बाट दुध ,पनिर र घिउ पठाउने तयारी गर्नु पर्छ ।

  •  0 Reply
  • Subash bomjan

    July 16, 2023, 9:43 a.m.

    यो नेपाल र नेपालीको लागि मात्र नभई आम कृषक प्रतिको लागि राम्रो हुनुपर्छ । नेपालले पनि अबको दिनदेखि जुन सुकै देश होस यस्तै कार्यप्रति को अठोट लिदै जाउन् मेरो आग्रह जय नेपाल 🇳🇵🇳🇵👍🇳🇵🇳🇵

  •  0 Reply
  • एउटा राम्रो काम शुरूवात भयको छ यसले नेपाल लाई न

    July 16, 2023, 7:04 a.m.

    साना ठुलो किसान ले फाईदा हुने छ रोजगार को शृजना हुन्छ नेपाल को ट्रेड युनियन बाट कम्पनी बच्यो भनी

  •  0 Reply
  • Bekha Byanjankar

    July 16, 2023, 4:37 a.m.

    आज एकछिन त आँखा नै तेजिलो र कान नै पबित्र भए जस्तो भयाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया