धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - सहकारी पीडितहरूले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाण्डाै आएका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसैबीच, प्रदर्शनका कारण सडकमा अवरोध पुगेको छ ।
सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सिंहदरबारमा राखिएकाे सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिकी अध्यक्ष सुनितासिंह राजभण्डारीले जानकारी दिनुभयाे । सहकारी पीडितले बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला लगाएका थिए।
उनीहरु गएको जेठ २० गतेदेखि नै माइतीघर मण्डलामा धर्ना बस्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।