आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १२ अङ्कले बढ्यो, २ अर्ब ३७ करोड रुपैयाँको कारोबार

 असार ३१, २०८० आइतबार १५:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ । म्युचल फन्ड समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

आज सनराइज फोकस्ड इक्युटी फन्डकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छन् । आज ३९ हजार वटा कारोबारमा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया