सानिमा बैंकले पायो आईएसओ २७००१ प्रमाणपत्र

 असार ३१, २०८० आइतबार १७:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि याे प्रमाणपत्र प्रदान गरिएकाे विज्ञप्तिमा जनाइएकाे छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको बताएकाे छ । यो प्रमाणीकरणले सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा थपिएकाे विज्ञप्तिमा उल्लेख छ ।

‘आईएसओ प्रमाणीकरणले ग्राहकको डाटा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको देखाउँछ र यसले बैंकप्रतिको विश्वास बलियाे बनाउँछ’, विज्ञप्तिमा भनिएकाे छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया