नेपालबाट अहिलेसम्मकै धेरै झन्डै १० अर्ब रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात

 असार ३१, २०८० आइतबार २०:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालबाट यो आर्थिक वर्षमा अहिलेसम्मकै धेरै फलाम र स्टिलजन्य वस्तुको निर्यात भएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टिलजन्य वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेकाले यो वर्ष अहिलेसम्मकै धेरै निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठसम्म नाै अर्ब ८९ करोड ९६ लाख रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा नाै अर्ब १६ करोड ७६ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ । यस्तै रोमानिया र ताइवानमा पनि नेपाली स्टिलजन्य वस्तु निर्यात भएको छ ।

गएको अर्थिक वर्ष २०७८/७९ मा नेपाललले जम्मा तीन अर्ब ८७ करोड रुपैयाँको स्टिलजन्य वस्तु निर्यात गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा फलाम, स्टिल, सिमेन्ट, क्लिङ्कर, जुत्ता चप्पल, प्रशोधित पानीलगायत ३६ वटा वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा १५ दिनभित्रै आठ प्रतिशत नगद अनुदान जम्मा गरिदिने व्यवस्था गरेको छ ।

यो वर्ष नेपालबाट सिमेन्ट र प्रशोधित पानीको निर्यातमा पनि नयाँ रेकर्ड बनेको छ । तर नाै अर्ब ८९ रुपैयाँको फलाम र स्टिलजन्य वस्तुको निर्यात भए पनि कच्चा पदार्थ भने सबै विदेशबाटै आयात हुन्छ । ११ महिनामा नेपालले एक खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँको फलाम र स्टिल आयात गरेको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया