धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै बहिरङ्ग अर्थात् ओपीडी सेवा शुरु भएको छ । आजदेखि अस्पतालको ओपीडी सेवा ८ बजेदेखि नै शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालका कार्य निर्देशक डा. सन्तोष पौडेलका अनुसार ओपीडी टिकट बिहान ७ बजेदेखि शुरु भएर दिउँसो साढे २ बजेसम्म पाइने छ । आजदेखि कार्यालय समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने उहाँले जानकारी दिनुभयो । यसअघि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म थियो ।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको हो । वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन पुग्ने गरेका छन् ।
बिरामीको चाप गर्न कम गर्न सबै सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी, अस्पतालले विपन्न बिरामीका लागि सम्पूर्ण उपचार निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।