साउनकाे पहिलाे साेमवार : देशभरका शिवालयमा भक्तजनको भिड (फाेटाेसहित)

 साउन १, २०८० सोमबार १२:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - साउन महिनाको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

आज पशुपतिनाथलगायत तनहुँकाे देवघाट, कास्कीकाे सीताघाट, गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वर, सिद्धबाबा लगायत देशभरका शिवालयमा भक्तजनको भिड छ । आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।

विशेषगरी आज शिवालयमा सोमवारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र लगायतका शिवालय ढाकेका देखिन्छन् ।

सौरमासअनुसार आजको सोमवार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याइ पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान शिवले शुद्ध जल रुचाउने भएकाले बाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भिड लागेको हो ।

देवघाटधाममा स्नान तथा पूजा अर्चनाका लागि पुगेका भक्तजनहरु । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा अर्चना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

पाल्पाकाे तिनाउ गाउँपालिका ३ मा रहेको सिद्धबाबा मन्दिर परिसरमा भगवान् शिवको दर्शनको लागि लामबद्ध भक्तजनहरु ।

पोखरा बैदाममा रहेकाे केदारेश्वर महादेव मन्दिरमा राखिएका शिव लिङ्गहरुमा साउनको सोमवारका अवसरमा गाईको दूध र जल चढाउँदै भक्तजनहरु ।

जनकपुरधाम उपमहानगरपालिका-१६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरु ।

पोखरामा निकालिएको बोलबम यात्रा । पोखरा महानगरपालिका–१ गाईघाटबाट सुरु भएको बोलबम यात्रा पोखरा–६ लेकसाइडमा रहेकाे केदारेश्वर मन्दिरमा पुगेर सकिएको थियो ।

पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो।

साउने सङ्क्रान्तिको अवसरमा पोखरा-१७ सीताघाटमा पूजा तथा स्नान गर्दै भक्तजन ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया