धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल एअरलाइन्सले न्यारोबडी र वाइडबडी जहाजको ऋणको किस्ता तिरेको छ । दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापत हिजो आइतवार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड नौ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।
यसअघि निगमले गएको असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निमगले व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको दाबी गरेको छ । नियमित तथा आकस्मिकरूपमा हुने जहाज मर्मत खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ । यस्तै विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरिएको पनि दाबी गरेको छ ।
बढ्दो आर्थिक दायित्वका बीच दुर्गम क्षेत्रमा उडान गर्ने तीन वटा जहाज खरिदको प्रक्रिया अघि बढिरहेको पनि निगमले जनाएको छ । निगमले लगानी कोष र सञ्चय कोषबाट नौ प्रतिशत ब्याजदरमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई वटा वाइडबडी विमान खरिद गरेको थियो भने झन्डै ८४ करोड रुपैयाँमा न्यारोबडी खरिद गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।