काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
डोटी – लामो समयदेखि डोटीमा डीएपी, यूरीया र पोटासलगायतको मलको अभाव भएको छ । मलको अभाव भएको लामो समय बितिसक्दा पनि रासायनिक मल आपूर्ति हुन सकेको छैन ।
रासायनिक मलका लागि ग्रामिण क्षेत्रका स्थानीय जिल्ला सदरमुकामसम्म धाउनु परेको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटका योगेन्द्रबहादुर कठायतले बताउनु भयो ।
अहिले किसानले हिउँदेबाली गहुँ, जौलगायतका अन्य बालीहरु लगाइहेका छन् ।
कृषि सामाग्री कम्पनी लिमिटेड दिपायल शाखाका प्रमुख कुम्भराज जोशीले कैलालीमा मल नभएका कारण डोटीमा मल ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सुदूरपश्चिम भरी मलको आपूर्ति कैलालीबाट हुने भएको र कैलालीमासमेत मल नहुँदा ल्याउन नसकिएको हो ।’
डोटीमा बर्सेनि मलको अभाव हुने गरे पनि आपूर्ति सहज बनाउनतर्फ भने ध्यान नदिइएको स्थानीयको आरोप छ । साल्ट ट्रेडिङ कर्पाेरेशनका महाप्रबन्धक केशव पाण्डेयले मल भण्डारण नरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘मंसिर अगाडि रसायनिक मल आउने अवस्था छैन ।’
सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय मेट्रिक टन डीएपी र पाँच हजार मेट्रिक टन यूरिया मल आवश्यक पर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।