भद्रकुमारी घले सेवा सदन तत्काल नभत्काउन उच्च अदालतकाे आदेश

 साउन ३, २०८० बुधबार १९:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि आज बुधवार सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो । अदालतले यही साउन ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

तर काठमाण्डाै महानगरपालिकाले अनधिकृतरूपमा बनाइएको संरचना भन्दै आजै डोजर चलाएर केही संरचना भत्काइसकेको छ । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकका लागि भवनमा आश्रय दिँदै आउनुभएको छ ।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्रीसमेत रहनुभएकी ८६ वर्षकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनुभएको छ । उहाँले सदनलाई पुस्तकालय, वाचनालय, धार्मिक स्थल, स्कुल आदिको रूपमा प्रयोग गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Jimi lama

    July 19, 2023, 8:19 p.m.

    Bhatkai ta sakyo aba bhatkaune harulai jail halchhan ta २०२१ saalko napee le k bhanchha Kathmandu mahanagar kahile sthapana bhayeko ho ? kehi naherne hawa ma jaha man lagyo dojar thokdai hidne ? sarwajani jagga २०४४ pachhi jatatatai byaktile jhom pareka chhan lalita niwas ko jaggama chahi kahile hanne re dojar ?

  •  0 Reply

तपाईको प्रतिक्रिया