महिला विश्वकप फुटबलमा आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै

 साउन १०, २०८० बुधबार ६:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्डबीच खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

त्यस्तै अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

आज हुने अर्को खेलमा बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् ।

हिजो भएको खेलमा कोलम्बिया र फिलिपिन्स विजयी भएका छन् । स्विट्जरल्यान्ड र नर्वेले भने गोलरहित बराबरी खेलेका छन् ।

महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया