निगमको मासिक घाटा मासिक २ अर्ब नाघ्यो, तर छठसम्म भाउ नबढ्ने पक्का

 कात्तिक १२, २०७५ सोमबार १८:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पेट्रोलियम पदार्थमा घाटा बढ्दै गए पनि नेपाल आयल निगमले छठसम्म भाउ नबढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनमा भाउ नबढाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा र डिजलमा ९ रुपैयाँ ३२ पैसा घाटा रहेको छ । यस्तै एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । भारतीय आयल कर्पोरेशन आईओसीले पठाएको मूल्यअनुसार नेपालमा मूल्य समायोजना नहुँदा निगमलाई मासिक २ अर्ब ८ करोड घाटा हुने प्रक्षेपण छ । २०७१ सालको असोजमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भए पनि राजनितिक दबाबमा निगमले स्वचालित मुल्य प्रणाली पुर्ण रुपमा लागु गर्न नसकेको छैन । 

गएको असोज १ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाउँदा निकै विरोध भएको थियो । त्यसपछि पनि भारतीय आयल कर्पोरेशनले पटक पटक भाउ बढाएको छ, तर निगमले भने बढाएको छैन । 

अहिले भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ७८ पैसा र डिजल २२ रुपैँया ५ पैसा सस्तो रहेको छ । 

भारतमा भन्दा नेपालमा इन्धन सस्तो, भारतीय गाडीबाट हुने तस्करी रोक्न निगमले मन्त्रालय गुहार्‍याे

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया