पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् ।
भीमदत्त नगरपालिका–२, भाँसिकी रामकुमारी जोशी (नाम परिवर्तन)ले श्रीमान श्याम कुमार (नाम परिवर्तन) जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।
रामकुमारीले श्रीमानले ३ महिनाको गर्भपतन गराएर आफूमाथी जबरजस्ती करणी गरेको उजुरी दिएको प्रहरीको भनाई छ । श्रीमतीले उजुरी दिएपछि प्रहरीले अहिले श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि आदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
जोशीले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ । कार्कीका अनुसार रामकुमारी र श्याम कुमारले डेढ वर्षअघि भागी विवाह गरेका थिए ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।