प्रहरीमाथि आक्रमण गरी स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति

 साउन १६, २०८० मंगलबार १४:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् ।

बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराउनुभयो ।

स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बलराम गिरी घाइते भएका छन् ।

प्रहरीले लामाको घरबाटै भरुवा बन्दुक, बन्दुकको छर्रा, बारुद, जङ्गली जनावरको दाँतसहितका सामान बरामद गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया