मकवानपुरको बाग्मती गाउँपालिकामा पहिरो : एक जनाको ज्यान गयो, पाँच जना बेपत्ता

 साउन २३, २०८० मंगलबार ९:८:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गएको छ । पाँच जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये उद्धार गरिएकी सञ्चमाया स्याङ्तानको ज्यान गएको वडाअध्यक्ष विजयकुमार भ्लोनले जानकारी दिनुभयो ।

उहाँका श्रीमान्, छोरी ज्वाइँ र नातिनातिना पहिरोमा बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । सुतिरहेका बेला गएराति पहिरोले घर बगाएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया