यसपालि मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गयो, ३१ जना बेपत्ता

 साउन २५, २०८० बिहीबार १०:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यसपालि मनसुनजन्य विपदमा परेर अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि अहिलेसम्म विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । त्यसमध्ये २० जिल्लामा मानवीय क्षति भएको छ ।

विपदमा परेर एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगकाे छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन शुरु भएकै बेलामा पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलगायतमा ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी पहिरोमा परेर यी जिल्लामा धेरै जनधनको क्षति भएको थियोे ।

मनसुन शुरु भएपछि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो । तर गएको सोमवार र मङ्गलवार देशभर पानी  पर्यो ।  यसपालि मनसुन  शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको हो  ।

मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्  गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/ दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया