काठमाण्डौको तापक्रम साढे २ डिग्रीमा झर्याे
मंसिर २९, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । आज दिनभर कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी ठाउँको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिमपातको सम्भावना भएका ठाउँमा पर्यटन तथा पर्वतारोहणमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।