बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

 साउन २५, २०८० बिहीबार ११:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ (जीएआरसी) बाट सम्मानित हुनु भएको छ ।

अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गर्नु भएको हो ।

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उहाँले नेपालमा सीमान्तकृत जाति, अपाङ्गता भएका र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको भन्दै यो अवार्ड दिइएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएको छ ।

सरस्वती नेपालीको प्रयासले नेपालको पश्चिमी जिल्लाका ग्रामीण क्षेत्रका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको खबरमा उल्लेख छ । उहाँले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा जातीय भेदभाव विरुद्धको मुद्दा जितेको पनि दूतावासले जनाएको छ ।

उहाँसहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एक/एक जना सामाजिक अभियन्तालाई पनि यो अवार्डबाट सम्मान गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया