मानवसाङ्लो बनाएर यसरी सारिँदै छ अक्टोबर बुक्स

 कात्तिक १३, २०७५ मंगलबार २०:२४:४८ | एजेन्सी
unn.prixa.net

बेलायतको साउथह्याम्प्टनमा रहेको एउटा चर्चित गैरनाफामूलक बुक स्टोर हो अक्टोबर बुक्स ।

गएको जुलाईमा ४० वर्षे लामो इतिहास बोकेको यो बुक स्टोर रहेको ठाउँको भाडा बढाइयो । भाडा बढाएपछि बुक स्टोर अर्कै ठाउँमा सर्नुपर्‍याे। 

बुक स्टोर सार्नका लागि स्थानीय रुपमा चन्दा संकलन कार्यक्रम भैरहेको छ । पोर्ट्सउडमा सार्नका लागि स्थानीय नागरिकले सहयोग गरिहेका छन् । 

नयाँ ठाउँमा पाइए पनि पुस्तकहरु र दराजहरु सार्न भने समस्या देखिएको थियो । त्यसैले अक्टोबर बुक्सले पुस्तक र दराज सार्न समुदायसँग सहयोगको अपील गर्‍याे । 

 

आइतबार झण्डै २०० जना स्थानीय नागरिकले मानव साङ्लो नै बनाएर पुस्तक सारे । उनीहरुले केही घण्टामा नै एकले अर्कोलाई पुस्तक पास गर्दै २ हजार पुस्तक नयाँ ठाउँमा सारे । पुस्तक सार्नका लागि स्वतःस्फूर्त रुपमा स्थानीय नागरिकहरु सडकमा आएका छन् । सबै पुस्तक सार्न अझै केही दिन लाग्ने अक्टोबर बुक्सले जनाएको छ ।

नोभेम्बर ३ सम्ममा नयाँ ठाउँमा स्टोर खुलिसक्ने अक्टोबर बुक्सले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया