जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – अहिले देशको सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा सुनसरी, सिन्धुली, बर्दिया लगायतका जिल्लाका केही ठाउँमा अत्याधिक ठूलो पानी परेको छ ।
ती क्षेत्रका नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दै बाढी सूचना केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति पनि देशभर बदली रहेर कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर बदली भएर धेरै ठाउामा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
आउँदो तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान् महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanjay Kumar
Aug. 12, 2023, 8:53 p.m.Yes